चन्द्रनिगाहपुर,२७ पुस । मान्छे बोक्ने ई रिक्सा यतीबेला दाउरा बोक्न जंगल तिर जान थालेका छन् । रौतहटमा पर्ने पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर देखी बागमती र चन्द्रनिगाहपुर देखी धन्सार सम्मको जंगलभरी ई रिक्साको लर्को लाग्ने गरेको छ ।
जाडो बढेसंग दउराको नाममा वनमा छिर्ने अधिकांस ई रिक्साले काचा सालका लाथ्रा काटेर लादा समेत डिभिजन वन कार्यालय रौतहटले चासो नदिएको स्थानीय बासिन्दाले बताएका छन् ।
वन कर्मचारीले ई रिक्सामा दाउरा लोड गरेर लानेसंग रकम असुल्ने गरेको स्थानीयको भनाइ रहेको छ ।