चन्द्रपुर,२९ पुस । थारु समुदायको संस्कृति, परम्परालाई लोप हुनबाट जोगाउने तथा थारु समुदायको अस्तित्व,पहिचान र अधिकार रक्षाको निम्ति रौतहटका थारुहरुले थारु समाज रौतहट गठन गरेको छ ।
थारु युवा एकता समाज रौतहटले गत शुक्रबार र शनिबार चितवनको सौराहामा एक अन्तरक्रिया कार्यकमको आयोजना गरेर युवा एकता समाजलाई परिमार्जित गर्दै थारु समाजलाई औपचारिकता प्रदान गरेको हो । जसको अध्यक्षमा लक्ष्मण चौधरी, कोषाध्यक्षमा नन्देश्वर चौधरी, सचिवमा प्रमोद चौधरी र सदस्यहरूमा क्रमश दिपक कुमार चौधरी, राधे श्याम चौधरी, रत्ना चौधरी, कृष्णा चौधरी, मुक्ति नारायण चौधरी र सरोज चौधरी रहेका छन् ।
राज्यले थारुहरूलाई आफ्नो अधिकारबाट बन्चित गराउन तथा थारुहरुको अस्तित्व धरापमा पार्न खोज्दा समेत नेतृत्वपंतिमा रहेका थारु अगुवाहरूले त्यसको बेवास्ता गर्दै आएकाले थारु अगुवाहरूलाई सही तरिकाले मार्ग निर्देशन गर्ने तथा राज्यलाई थारुको हितको निम्ति सदैव सकरात्मक हुन दवाब दिने उद्देश्यले थारु समाजको विकल्प रोजेको अध्यक्ष लक्ष्मण चौधरीले बताए । चौधरीका अनुसार नव गठित थारु समाजको रौतहटमा मात्रै नभएर देश व्यापी रुपमा संगठन बिस्तार गर्ने बताए । साथै आगामी वैशाखमा हुने थारु समाजको सम्मेलनबाट नयाकक नेतृत्व छनौट गर्ने समेत उनले बताए। त्यसैगरी थारु समाजको सल्लाहकारमा मनोज चौधरी, रामनाथ चौधरी, ओम किशोर चौधरी लगायतका व्यक्तीहरु रहेका छन् ।