चन्द्रनिगाहपुर,१ माघ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एकै दिन सातजना फरार अपराधि पक्राउ गरेको छ ।
हत्या अभियोगमा फरार रहेका सातजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । उनीहरुलाई चन्द्रपुर नगरपालिका वाडनं १ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।