विजयपुर,३ माघ / रौतहटको उतरीभेगमा रहेको फतुवा बिजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको जुद्धाईको कारण कर्मचारी र बालबालिकाले शास्ती खेप्नु परेको छ । नगरप्रमुख गोपाल प्रसाद यादव र उपप्रमुख कान्ती देवी महतोको जुद्धाईको कारण अषाढ मसान्त भित्र सम्पन्न हुनुपर्ने तेस्रो नगसभा माघको पहिलो साता सम्म अडकिएको छ । नगरसभा बाट बजेट पारित भई कोष तथा लेखा नियन्त्रण कार्यालय गौर सम्म नपुगेको कारण यस आर्थिक बर्षको गत साउन महिना देखी नगरक्षेत्र अन्तरगतका शिक्षक तथा कर्मचारीले तलव पाउन सकेका छैनन । त्यतीमात्र नभई रकम निकासा नभएकै कारण फतुआ बिजयपुर अन्तरगत डेढ दर्जन बिद्यालयमा बालबालिकाले बिद्यालयले खुवाउने खाजा खान बाट समेत बञ्चित भएका छन । नगरपालिकामा रहेका तिनवटा माबी,सात निमाबी,१९ प्रावी र एक मदर्साका शिक्षक,स्वास्थ,कृषी, करार सेवाका कर्मचारीले साउन देखी हाल सम्म तलव खान नसकेको माबी दुधिअवाका प्रधानाध्यापक रबिन्द्र प्रसाद साहले बताएका छन । मावी र निमावीले बजारका पसल बाट उधारो लिएर जसो तसो बालबालिकालाई खाजा खुवाउन सकेपनी प्राथमिक बिद्यालयले त्यो ब्यवस्था गर्न नसकेको जानकारी दिएका छन । समयमा तलव नपाउंदा कतिपय शिक्षक अध्यापन गराउन आलटाल गरीरहेको र प्राथमिक बिद्यालयमा खाजा नपांउदा अधिकांस बालबालिका बिद्यालय जान छाडेको प्रधानाध्यापक साहले दुखेसो पाखेका छन । वडा ११ प्राथमिक बिद्यालय रांगीका प्रधानाध्यापक रामशेवक गोसाँईले नगरपालिका बाट रकम नपाए पनी केही समय उधारोमा ल्याएर बालबालिकालाई बिस्कुट, चाउचाउ, चिउरा खाजाको रुपमा खुवाईयो तर हाल बन्द रहेको बताए । प्राविका केही प्रधानाध्यापकले उधारोमा ल्याएर दिवाखाजा खुवाई राखेपनी अधिकांस बिद्यालयले खुवाउन नसकेको उनले बताए । दुई चार महिना सम्म पसलेले पत्याउने तर मेयर उपमेयरको जुद्धाईले ८–९ महिना तलव निकासा नभए पछी पत्याउन छाडेकाले शिक्षक तथा कर्मचारीलाई दैनिक ब्यवस्थापनमा समेत कठिनाई भईरहेको प्रधानाध्यापक गोसाईले गुनासो गरेका छन ।