चन्द्रपुर,१ माघ ।
रिक्सा चालक केदार तिमलसिनाले चन्द्रपुर नगरपालिकाको एक मुसहर बस्तिमा क्यानो कपडा बितरण गरेका छन् । देशका बिभिन्न स्थानबाट संकलन गरेर जम्मा पारेको न्यानो लुगा तिमलसिनाले एक कार्यक्रमका बिच बितरण गरेका हुन । बिगत लामो समय देखी तिमलसिनाले बिभिन्न स्थानबाट कपडा संकलन गरेर रौतहट जिल्लाका गरिब तथा बिपन्न परिवारलाई न्यानो कपडा बितरण गर्दे आएका छन् । सोमबार तिमलसिनाले चन्द्रपुर ९ मा रहेको मुसहर बस्ति र चन्द्रपुर ८ मा रहेको मुसहर बस्तिमा न्यानो कपडा बितरण गरेका थिय । दुई स्थानमा गरी तिमलसिनाले करिव ५ सय जनालाइ ज्याकेट ,टोपी बाक्लो सर्ट लगाएतका जाडोमा लगाउने कपडा बितरण गरेको उनले जानकारी दिएका छन् ।