राजपाको उम्मेदवारलाई समाजबादी र काग्रेसको मदताताले सघाएको नेकपा अध्यक्ष प्रभु साहले खुलासा गरेका छन ।
बिहीबार भएको प्रदेश दुइको निर्वाचनमा नेकपा र राजपाको बिजय हुनुमा प्रतिद्वन्दी काग्रेस र फोरमको उम्मेदवारको झुकाबले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।
नेकपा र राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासंग मिल्ने निर्णयलाई समर्थन गरेको जीकिर गर्दै अध्यक्ष साहले थपे, “नेकपा र राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ ।
र निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन् । जबकि राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो । यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन् । यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ।
अध्यक्ष साहले भने, “हाम्रो पार्टीसंग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेको थियो ।
तर गठबन्धनका चारजनै उम्मेदवारले गठबन्धनको भोट भन्दा दोब्बर मतले जीत निकाल्नु भनेको यो गठबन्धन सहि भएको र प्रदेश(२ को स्पष्ट जनादेश हो ।
यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो भन्ने बुझ्न जरुरी छ ।
अध्यक्ष साहले एक वक्तव्यमार्फत यस गठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन ।