चन्द्रपुर,१७ माघ । राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा नेपाल पुस्तक तथा स्टेस्नरी ब्यावसायी महांसघ रौतहटले दुई विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ । महांसघका रौतहट अध्यक्ष माधवलाल श्रेष्ठ सहितको टोलीले चन्द्रपुर नगरपालिकाका दुइ विद्यालयका बालबालिकालाई कापी कलम सहितका शैक्षिक सामग्री बितरण गरेको महांसघका जिल्ला सचिव बिशालजित तामाङले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाको जुडिबेलामा रहेको कृषक प्राबी र आधारभुत प्राबीमा गरेर करिव २ सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको पुस्तक तथा स्टेस्नरी ब्यावसायी प्रकाश बम्जनले जानकारी दिएका छन् ।
महांसघले गत बर्ष समेत सरस्वती पुजाको अवसरका विद्यार्थीलाइ शैक्षिक सामग्री बितरण गरेको थियो ।