चन्द्रपुर,१० फागुन / तराई–मधेसलाई दाइजोको कहरले सताएको छ । दाइजोका कारण कयौं महिलाले श्रीमान, सासु र ससुराबाटै ज्यान गुमाउनु परेको छ । दाइजोप्रथाले गाडेको जरो जति अभियान चलाएपनि उखेलिन सकेको छैन । तर मधेसमा विस्तारै परिवर्तनका रेखा पनि देखा पर्दै गएका छन् । अब भने मधेसमा दाइजो नलिइ विवाहको चलन सुरु भएको छ । प्रदेश २ का दुई युवकले बिनादाइजो विवाह गरेर चर्चा पाएका हुन् । जनकपुरस्थित जानकी मन्दिरमा गएर रौतहटको दुर्गा भगवती गाउ“पालिका–५ का डाक्टर राकेश स्वर्णकारले बिनादाइजो विवाह सम्पन भएको हो । काठमाडौंको शिक्षण अस्पतालमा कार्यरत डा. स्वर्णकार र रौतहटकै गौर नगरपालिक–५ की आरती साह बीच हिन्दु धर्मअनुसार पण्डितद्वारा विवाह सम्पन भएको बताए ।
स्नातक गरेकी आरती रौतहटको मौलापुर मालपोत कार्यालयमा कार्यरत छिन् । बेहुला स्वर्णकारका बुवा बबुनन्दन साह त्यही मालपोत कार्यालयका प्रमुख हुन् । मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती जाने चलन छ । दर्जनौं गाडी भाडा गरेर जन्ती लग्दा ठूलो धनराशी खर्च हुन्छ । झन् भोज पनि समाजमा गर्ने चलन छ । तर डा. स्वर्णकारले न त जन्ती लगे, न त धेरै गाडी लिएर बेहुलीको घर गए । उनले आफन्तलाई मात्र लिएर जनकपुरको जानकी मन्दिर पुगे । बेहुली पनि आफन्त लिएर जानकी मन्दिर आएर विवाह सम्पन्न गरी ससुराली पुगिन् ।
१६ दिन अिघ मात्रै बेहुली आरतीका बुवाको हर्टअट्याक भएर निधन भएको थियो । जसका कारण उनको विवाह कसरी गर्ने भनेर परिवारमा चिन्ता थपियो । तर दुई साता नबित्दै विवाहको टुङ्गो लाग्यो । बेहुलाका बुवाले दाइजो नलिने भनेर उनको परिवारमा खुसीयाली छायो । बेहुली आरतीका दाई सन्तोष साह भन्छन, बुवाको निधन भएपछि बहिनीको कसरी विवाह गर्ने भन्रुने ठूलो चिन्ता थियो । तर दाइजोबिना बहिनीको विवाह गर्न पाउ“दा खुसी भएको छु । उनले लत्ताकपडा र विवाहकै लागि केही अन्य समान खरिद गर्दा मात्र ५० र ६० हजार खर्च भएको सुनाए । यता, बेहुलाका बुवा बबुनन्दन साहले समाजबाट दाइजो प्रथा हटाउने उद्धेश्यले छोरा डाक्टर भएपनि विवाहमा एक रुपैया पनि नलिएको बताए । उनले दाइजो नलिएर विवाह गर्न सबैमा अनुरोध समेत गरे । भने, राकेश जेठो छोरा हुन् । उनको विवाह विना दाइजो गरे । अब सानो छोराको विवाहमा पनि दाइजो लिनँ । यस्तै माघ ७ मा बिनादाइजो धनुषाको जनकपुरधाम घर भएका रामविनय यादव र सप्तरीको विष्णुपुर–१ घर भएकी चर्चित गायिका अञ्जु यादब बीच विवाह सम्पन भएको हो । बिनादाइजो विवाह गरेको भन्दै बेहुला यादवलाई बालविवाह एवम् दाइजोमुक्त नेपाल राष्ट्रिय अभियानले सम्मान समेत गरेको हो । महिला अधिकारकर्मी रेणु कर्णले एक साताभित्रै मधेसका दुई जोडीले बिनादाइजो विवाह गरेर ठूलो सन्देश दिएको बताउ“छिन् ।
उनी भन्छिन, दाइजोबिना विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएको हो ।