गौर,५ फागुन / सगुन निर्माण शेवा र सगरमाथा निर्माणशेवाले संयुक्तरुपमा रौतहट स्थित अबैध क्रेसर उधोग सञ्चालन गरेको पाईएको छ ।
शहरी विकास मन्त्रालय मार्फत १८ किलोमिटर बाटो कालोपत्रे गर्ने ठेक्का पाएका सगुन सगरमाथा जेवीले बाटो निर्माणको नाउमा हजारौं घनमिटर नदीजन्य पदार्थ अबैध स्टोक गरेको पाईएको छ ।
स्थानिय तहले खासै चासो नदेखाएको कारण सगुन र सगरमाथा जेवीले बाटो निर्माण गर्ने बहानामा गतबर्ष देखीनै गुजरा नगरपालिका अन्तरगत तरहारी खोलाको छेउमै क्रेसर उधोग सञ्चालन गरेर बर्षभरी गिटी,बालुवा र बोल्डरको कारोवार गर्दैआएका छन ।
रौतहटका सिडिओ बाशुदेव घिमिरेको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले छानबिन गर्दा सगुन सगरमाथा जेवीले कुनै प्रकृया पुरानै नगरी पछिलो एकबर्ष देखी क्रेसर उधोग सञ्चालन गरेर हजारौं हजार घनमिटर नदीजन्य पदार्थको कारोवार गरीसकेको रहस्य खुलेको छ । अनुगमनको क्रममा संयुक्त निर्माण शेवाका सञ्चालक कृष्ण खडकाले शहरी विकास मन्त्रालय बाट बालचनपुर देखी जंगलसैया र परसवा देखी खतवहियागरी कुल १८ किलोमिटर बाटो कालोपत्रे गर्ने ठेक्का पाएको कागज देखाएर भुुक्याउन खाजेका थिए । तर अनुगमन टोलीमा रहेका घरेलु तथा सानाउधोग कार्यालयका प्रतिनिधीले क्रेसर उधोग सञ्चालन गर्ने कुनै प्रकृया नदेखिएको जिकिर गरेपछी सिडिओ घिमिरेले अबैध उधोग तत्काल बन्द गर्न निर्देशन दिएका छन ।
गतबर्ष नदीजन्य पदार्थ उठाउने अनुमतीको कागज देखाएर सञ्चालक खडका यस पटक ५० हजार घनमिटर भन्दा बढी नदीजन्य पदार्थ उधोगकै छेउमा बाटो नै अवरुद्ध हुनेगरी जम्मा गरेका छन ।
उता बाटो निर्माणको ठेक्का पाएका ठुला निर्माण कम्पनी भनिएका ढुकुचु निर्माणशेवाले फतुवा बिजयपुर छेउमा अबैधरुपमा हजारौ हजार घनमिटर खोलाजन्य पदार्थ स्टक गरेका छन ।
ढुकुचुले जम्मागरेको गटी टाढा बाट झटहेर्दा चुरेपहाड जस्तै देखिन्छ, एकजना स्थानिय पुर्वसांसद र बर्तमान जनप्रतिनिधीको आडमा ढुकुचुले उक्त स्थानमा हजारौं हजार घन मिटर नदीजन्य पदार्थ जम्मा गरेको स्थानिय समाजशेवी कमलकिसोर मिश्रले बताएका छन ।
जिल्ला समन्वय समितिका उपसभापती नदीजन्य पदार्थ निर्माणस्थलमै राखिनुपर्ने ब्यवस्था भएको र अन्य स्थानमा कुनै किसिमले स्टक गरेमा अबैधहुने बताएका छन । तर रौतहटमा नदीजन्य पदार्थमा नियमनकारी निकाय अथवा स्थानियतहले खासै चासो नदेखाएका कारण ढुकुचु सगुन जेवी मात्र नभई हाल नदीजन्य पदार्थ स्टोक गर्ने होड नै चलेको छ ।
गरुडा नगरपालिका स्थित शिवसंकर क्रेसर उधोग,बृन्दाबन स्थित मादुर्गा निर्माणशेवा लगायत जिल्लाका प्राय.ं १८ वटै स्थानिय तहमा बिभिन्न निर्माणशेवाका साथै अधिकांस जनप्रतिनिधीले मनपरी ढंगले नदीजन्य पदार्थको अबैध स्टोक गरीरहेको देखिएको छ । जिल्ला समन्वय समितिका अनुसार कुनैपनी नदीको एउटा घाट बाट बढीमा ६० हजार घनमिटर नदीजन्य पदार्थ निकाल्न सकीने ब्यवस्था रहेको छ । तर जिल्लाको पुर्वीभेग स्थित बागमती पश्चिममा रहेको लालबकैया नदीको प्रायं. सबै घाट बाट लाखौं घनमिटर नदीजन्य पदार्थ निकाली सकिएको छ र फेरी पनी ठेकदारहरु निकाल्ने दाउमै रहेको देखिन्छ । खोला बाट अनियत्रित नदीजन्य पदार्थ उत्खखन गरेमा खोला किनारका हजारौं हजार बिगहा खेतीयोग्य जग्गा केही बर्षमै बगरमा परिणत हुने प्राय.ं निश्चित रहेकाले नियमनकारी निकाय तथा प्रदेश सरकार र संघिय सरकारले बेलामै होस पुरयाउनु आवशयक देखिन्छ ।