चन्द्रपुर,५ फागुन / स्वच्छ चन्द्रपुर परियोजना अन्तर्गत चुरे तराई बातावरण संरक्षण नेपालले फोहोर व्यवस्थापनको काम सुरु गरेको छ ।
चन्द्रपुर नगरपालिकासंग भएको सम्झौता अनुसार नगरभित्रको वडा नं. ४, ५ र ६ मा अभियान सुरु गरिएको हो । पहिलो चरणमा घरधुरि तथा संघ संस्थाको सर्भे गर्ने र त्यसपछि फोहोर व्यवस्थापनका लागि सार्वजनिक स्थल तथा घर घरमा डस्टबिन वितरण गरिने संस्थाका कार्यकारी निर्देशक डा. अभिनय साहले जानकारी दिनुुभयो ।
नगरभित्रका संकलन गरीएका फोहोर प्रशोधन केन्द्रबाट पुर्न प्रयोगमा ल्याईने र प्रशोधन नहुनेलाई डम्पिङ्ग गरिने उहाको भनाई छ । गाउ“ गाउ“का फोहोर संकलनका लागि ६ वटा गाडी र ३० जना कर्मचारी राखिएको उहाले बताए ।
फोहोर व्यवस्थापन नहुंदा सार्वजनिक स्थान तथा गाउ“ गाउ“मा दुर्गन्धीत हुने गरेकाले नगरपालिकाको सहकार्यमा यस अभियानको थालनी गरेको उहाले जानकारी दिए ।
फोहोर व्यवस्थापन गरेबापत प्रत्येक घरधुरिबाट तोकिएनुसारको मासिक शुल्क लिईने उहाले बताए ।
करिव ३ विगाह जमिन भाडामा लिएर फोहोर प्रशोधन केन्द्र स्थापना गरिने लक्ष्य रहेको संस्थाका कार्यकारी निर्देशक साहले बताए । फोहोर व्यवस्थापन संगै सरसफाईका सचेतनाका कार्यक्रम समेत गरिने उहाको भनाई छ । यस अभियानका लागि नगरपालिकासंग १० बर्षका लागि सम्झौता गरीएको उहाले उल्लेख गर्नुभयो । हाल दैनिक रुपमा पुर्व पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्ड क्षेत्रमा फोहोर संकलन हुदै आएको छ । फागुन १५ गतेबाट घर घरमा कर्मचारी पुगेर सर्भेक्षण गरी फोहोर व्यवस्थापन कार्ड र दुई वटा डस्विन बितरण गरिने उहाले प्रष्ट पार्नुभयो । पहिलो पटक यस नगरपालिकामा यस प्रकारको परियोजना संञ्चालनमा आएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । स्वच्छ र सफा चन्द्रपुर बनाउने अभियानमा यस परियोजना उपयुतm रहेको उहाको भनाई छ ।