चन्द्रपुर,११ चैत्र / वश्वभरि महामारीको रुप लिएर फैलिएको कोभिड–१९ को असर न्यूनीकरण गर्नका लागि चन्द्रपुर नगर उधोग बाणिज्य संघले आवश्यक बस्तु बाहेका सवै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न नगर उधोग बाणिज्य संघको सोमबार बसेको बैठकले सरकारको निर्णयलाई समर्थन गर्दै व्यापार ÷व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार किराना, खाध्यान्न, औषधी, फलफुल , तरकारी, पट्रोल पम्प, ग्यास, दुध, लगायतका आवश्यक बस्तुको व्यवसाय बन्द नहुने नगर उधोग बाणिज्य संघका सचिव सुमन गौतमले बताए । अन्य व्यवसायको हकमा भने अर्को सूचना नहुंदा सम्म बन्द गर्ने निर्णय भएको उनले बताए । अति आवश्यक बस्तुको कृत्रिम अभाव गरी मुल्यबृद्धि नगर्ने र नगराउन व्यवसायीमा अनुरोध गरिएको उनको भनाई छ । चन्द्रपुर नगर उधोग बाणिज्य संघको प्रेस बिज्ञप्ती अनुसार यस समयमा उपभोतmालाई सरल र सहज तरिकाले तोकिएको मुल्यमा आवश्यक बस्तु उपल्वध गराउन भनेको छ । उधोगी व्यवसायीले कोरोना भाइरसको संक्रमण रोक्न आवश्यक सामग्री मास्क, सेनेटाईजर, हैन्डवास, ग्लव, लगायतका आवश्यक खाध्यान्न ,ईन्धन लगायतको सामग्रीको तोकिएको मुल्यमा उपल्वध गराउन आग्रह गरेको संघका अध्यक्ष पंण्डित प्रसाद जयसवालले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण र सुरक्षाका उपाय अवलम्वन गर्दै पसल ÷व्यवसाय गर्न सुझाव दिएको छ । कारोना भाइरसको संक्रमण फैलिन नदिका लागि चन्द्रपुर नगरपालिकाले नगरपालिका भित्र लाग्दै आएका सम्पूर्ण हाटबजारहरु बन्द भएको छ । हाटबजारमा सर्वसाधरणकोे भीडभाड हुने हुंदा कोरोनाको संक्रमण फैलन सक्ने जोखिम भएकाले बन्द गर्नेे निर्णय गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । चन्द्रपुर नगर क्षेत्रमा पर्ने चन्द्रनिगाहपुर, डुमरिया, सन्तपुर, जुडीबेला, गैडाटार लगायतका स्थानहरुमा साताको दुईपटक हाटबजार लाग्ने गरेको छ । नगरपालिकाले चैत्र मसान्तसम्मका लागि हाटबजार बन्द गर्ने निर्णय गरेको नगर प्रमुख चौधरीले बताएका छन् । नगरपालिकाले सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले भीडभाडहरु हुने कुनै पनि किसिमको कार्यक्रम भेला आयोजना गर्न पनि रोक लगाएको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन नगरवासी संग चन्द्रपुर नगरपालिकाले आग्रह गरेको छ । यता भारतसंग सिमा जोडिएको रौतहटको गौर सहित सवै नाका बन्द गरिएको छ । तर दैनिक उपभोग्य वस्तुहरुको ढुवानीमा भने रोक नलगाईएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । भारतसंग ३२ किलोमिटर खुल्ला सीमाना रहेको सर्वसाधरण आवतजावत गर्न नदिनका लागि ती स्थानमा सुरक्षाकर्मीहरु खटाइएको उनले बताए ।