रुपेन्द्र पटेल ११ चैत्र ।
रौतहटको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिलाई जोगाउँन यतिबेला लागी परेको छ । ननर प्रमुख यादवले आफनो नगर क्षेत्रका विभिन्न स्थानमा माक्स र सेनिटाइजर वितरण गरिरहेका छन । बृन्दावन नगरपालिका वडा नं—८ बरगाजवामा सोमबार सरसफाई तथा माक्स वितरण गरिएको स्थानिय वासिन्दाले बताएका छन । कोरोना भाईरसको संक्रमणबाट बच्न नगर प्रमुख यादवले आफ्नो नगर क्षेत्रका विभिन्न स्थानमा साबुन पानिको ब्यवस्था समेत गरेको नगर प्रमुख यादवले बताएका छन । विश्वभर महामारी रुपमा फैलिंदै गएको कोरोना भाइरसबाट बच्न नगर प्रमुख यादवले सरहनिय काम गरिरहेको बृन्दावनका स्थानिय वासिन्दा राम एकवाल पटेलले बताएका छन । नेपालभरी ‘लकडाउन’ रहेका कारण बजारमा गुनस्तर माक्सको अभाव देखिएको छ । गुनस्तर माक्सको अभाव भएपनि नगर प्रमुख यादवले बाहिरबाट माक्स मगाएर बुधबार पुनः आफ्नो नगर क्षेत्रमा माक्स वितरण गरिने प्रतिवदता जनाएका छन । नगर प्रमुख यादवका अनुसार बृन्दावनको प्रत्यक वडाको स्वास्थ्य चौकीमा हेल्थ डेस्क स्थापना भएको बताएका छन । नगर प्रमुख यादवले आफ्नो नगरपालिकाबाट तलब खोने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई २५ प्रतिसत र सुरक्षाकर्मीहरुलाई २० प्रतिसत एक महिनाकोलागि तलब बढाईको बताए । उनिहरुले कोरोना भाइरसबाट बच्न नगर अन्तरगतको प्रत्येक गाउँ गाँमा जनचेतना फैलाइ रहेका कारण उनिहरुको तलब बढाइएकोे बताएका हुन । जिल्लाको चन्द्रपुर ,गुजरा र बृन्दावन नगरपालिका मिलेर रौतहटको चन्द्रनिगाहपुरमा रहेको सहिद दरलामि खेल मैदानमा ४० वटा वेडको क्वारनटाईन स्थापना हुने बताइएको छ । चन्द्रपुरले २० लाख जुजरा र बृन्दावनको १० —१० लाखको लागतमा क्वारनटाईन स्थापना हुन बताएका छन । बृन्दावनका नगर प्रमुख यादवले आफ्नो नगर क्षेत्रका नागरिकलाई कोरोनाभाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन भीडभाडमा नजान खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकन हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्न । ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउन आग्रह समेत गरेका छन ।