गरुडा ११ चैत / रौतहट विश्वमा भरी महामारीको रुपमा तिव्र गतिले फैलिरहेको कोरोना भाईरसलाई मध्य नजर गर्दै नेपाल नाई सघ रौतहटका अध्यक्ष रामधारी ठाकुरको अध्यक्षतामा आज शिवनगरमा बसेको बैठक बाट अब देखी शैलुनहरु नखोलने सैलुन धनिहरुले सहमति जनाएका छन ।चैत ९ गते रौतहटको चन्द्रनिथाहपुरमा बसेको नेपाल नाई संघ रौतहटको जिल्ला अध्यक्षको बैठक बाट आउदो चैत १७ गते सम्म नखोल्लन निर्णय गरिएको थियो । तर शिवनगरमा केही नाईहरुले नियम उलन्गन गर्दै सैलुन पसल खोलेका थिए। सैलुन पसल खोलेको भन्दै बिवाद हुदा सोही बिषयलाई लिएर बसेको आजको बैठकबाट अब देखी संघको नियम उलन्घन नर्गे र नियम पालना गर्ने सबैले सहमती जनाएका छन। आज देखी आउँदो चैत्र १७ गतेसम्मका लागि जिल्लाका सम्पूर्ण शैलुनहरु बन्द गर्न नेपाल नाई संघ गरुडा नगर समितीका अध्यक्ष गगनदेब ठाकुरले जानकारी दिएका छन । जिल्लाका सम्पूर्ण हजाम ठाकुरहरुको गत आईतबार बसेको बैठकले कोरोना भाईरसको जोखिमलाई मध्य नजर गर्दै सम्पूर्ण शैलुन बन्द गर्ने निर्णय गरेका संघका अध्यक्ष रामधारी ठाकुरले जानकारी गराएका थिए । दाह्री काटने ब्लेयडको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण सर्न सक्ने भएकोले यस रोगको रोकथामका लागि यस्तो निर्णय गरिएको वहाले बताउनु भएको थिए । यसै बिच महामारीको रुपमा तिव्र गतिले फैलिरहेको कोरोना भाईरसलाई मध्य नजर गर्दै गाउ घरमा काम गर्दै आएका सम्पूर्ण हजाम ठाकुरले अबको एक हप्ताको लागि गाउ घरमा गर्ने काम बन्द गर्न निर्णय गरेका । दाह्री काटने ब्लेयडको माध्यमले एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको संक्रमण सर्न सक्ने भएकोले यस रोगको रोकथामका लागि यस्तो निर्णय गरिएको महम्दपुरका स्थानिय गोबरी ठाकुरले जानकारी दिएका छन ।