रुपेन्द्र पटेल १२ चैत्र ।
रौतहटको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा बुधबार सबुन पानिको व्यवस्था गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आप्mनो नगरवासिमा साबुन पानिको व्यवस्था गरिएको नगर प्रमुख यादवले बताएका छन । नगर प्रमुख यादवले आफ्नो नगर क्षेत्रका नागरिकलाई कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन भीडभाडमा नजान खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकन हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गर्न ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाउन आग्रह समेत गरेका छन ।