अशोक पहाडी
,रौतहट,१२ चैत । कोराना भाईरस फैलन नदिन भन्दै रौतहटको ग्रामिण भेगका स्थानीयले बाहिरका मान्छे आफ्नो गाउमा नआँउन भन्नका लागि बाटोनै खनेर अवरोध पु¥याएका छन् ।
स्थानीय युबाहरुको समुहले बाटोमा खाल्डो खनेर तारबार गर्दे अबरोध पु¥याउन थालेका छन । जिल्लाको चन्द्रपुर नगरपालिकाको वडानम्बर ९का युबाहरुको समुहले बाटो अबरुद्ध गरेको एक दिन पछि गुजरा नगरपालिका–२ रङ्गपुरका युबाहरुको समुहले समेत आफनो क्षेत्रको बाटो खनेर आवातजावतमा अबरोध पु¥याएका छन ।
सरकारले लकडाउन गरेर सबै नागरिक लाई घरमा बस्न आग्रह गरेपछि स्थानीय स्तरमा युवाहरुले सडकमै अबरोध पु¥याएर यातायातका साधन संचालनमा रोक लगाएका छन । कोराना भाईरस फैलन नदिन स्वयम ब्यक्तिहरुले साबधानी अपनाउनु पर्ने मान्यताका साथ यस्तो अभियान थालिएको छ । गुजरा नगरपालिका–२ रङ्गपुरका अनिल बण्ठाले भने बिश्वब्यापी रुपमा फैलदै गएको यो भाईरस बाट जोगिन स्वयम नागरिक सचेत हुनु पर्ने भएकाले स्थानीय युबाहरुले आवतजावतमा रोक लगाएको बताए ।