अशोक पहाडी
,रौतहट,१२ चैत ।
लकडाउन उलंघन गर्ने मोटर साईकल र ई रिक्सालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पक्राउ गरेको छ ।
बिहानैबाट पटक पटक सचेत गराउदा समेत लकडाउनको उलंघन गर्ने ५० वटा मोटर साईकल ,१० वटा ई रिक्सा र २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । बुधबार बिहानै बाट पटक पटक सचेत गराउदा समेत बेवास्ता गरेर हिडेका दुईजनालाई पक्राउ गरेर केही बेर ईलाका प्रहरीमा राखेर सचेत गराउदै छाडेको डिएसपी शाहीले जानकारी दिएकाछन् । कोरोना त्रासका कारण जिल्लाका गाउगाउमा स्थानीयले गाउ छिर्नेबाटो समेत अवरुद्ध गरेकाछन् ।