अारके श्रीवास्तव, चैत २० । रौतहटको श्री जन्ता मावि कटहरियामा रहेको क्वारेन्टाइनमा अनेक सामग्री अभाव रहेको समाचार कटहरिया एफएम बाट प्रसारण भएपछि सकारात्मक प्रभाव परेको छ । समाचार प्रभावले कटहरिया नगरपालकिका नगरप्रमुख सियाराम कुशवाहा ले आज क्वारेन्टाइनमा अनुगमनको क्रममा अनेक आवश्यक सामग्रीहरु पुर्याएका हुन । कोरोना भाईरसको संकामा बिरामिलाई उपचार गर्न स्वास्थ्यकर्मिहरु लाई ५० थान पि.पि. ई ,१० थान डिजिटल थर्मामिटर ,बिरामीहरुको मानसिक तनाव कम गर्न वाईफाई जडान गरिएको हो ,विरामीहरु लाइ खाने समाग्री उपलब्ध गराएका छन । त्यस्तै मेयर कुशवाहा क्वारेन्टाईनमा पुगि स्वास्थ्य कर्मि संग भेटघाट समेत गरेका छन । जन्ता मा.वि कटहरिया मा राखेको क्वारेन्टाईमा भारत लगायत अनेक ठाँउबाट आएका २७ जनालाई ईलाज भईरहेको छन । क्वारेन्टाइनमा बस्ने व्यतीहरुको अवस्था को बारेमा समेत बुझेका थिए । हिजो कटहरिया क्वारेन्टाइनमा रहेका स्वास्थ्य कर्मीहरुले आवश्यक मेडिकल सामग्रीको अभाव रहेको भनि गुनासो गरेका थिए लगतै मेयर कुशवाहाले क्वारेन्टाइनमा कमी रहेको सबै आवश्यक सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्ध जनाएका थिए ।