बंकुल,२६ चैत ।
रौतहटको दक्षिणीभेग अर्थात भारतिय सिमाना संग जोडिएको बौधीमाई नगरक्षेत्र अन्तरगत बंकुल प्रहरीचौकी माथी एकजना निर्वाचित जनप्रतिनिधीले आक्रमणको प्रयास गरेका छन ।
लकडाउनकै अवधिमा बौधीमाई ७ का नेकपा बाट निर्वाचित वडा अध्यक्ष बिजय कुश्वाहा सहीत दर्जनौको संख्यामा गएका मानिसहरुले मंगलवार साँझ प्रहरी कार्यालय उपर आक्रमणको प्रयास गरेका थिए ।
एकजना प्रहरीले आफनो भाईलाई दुुब्र्यवहार गरेको भन्दै वडा अध्यक्ष कुश्वाहा सहीतका मानिसहरुले प्रहरीचौकी माथी आक्रमणको प्रयास गरेका थिए ।
सो क्रममा वडा अध्यक्ष कुश्वाहा सहीतका मानिस प्रहरीलाई अपशब्द किसिमका गाली गलौज समेत गरेका थिए । सो क्रममा प्रहरीले पुर्ण संयमित्ता देखाएका थिए ।
बंकुलचौक नजिकै रहेको क्वारेन्टाईनमा मोटर मर्मत गर्न मंगलवार दिउसो जानेक्रममा प्रहरी चौकी अगाडी एकजना प्रहरीले भाईलाई कलडाउनको नामामा दुुब्र्यवहार गरेको वडा अध्यक्ष कुश्वाहाको दावी छ।
उता बंकुल प्रहरीचौकीका प्रमुख असई सञ्जय बोहराले कुनै प्रहरीले यदी
कसैका साथ गलत ब्यवहार गर्छ भने त्यो कुरो कार्यालय प्रमुख सम्म आए हामीले बास्तविक बुुझेर दोषी भएमा कार्यवाही गर्ने थिए ।
तर दुुब्र्यवहारको बहानामा वडा अध्यक्ष कुश्वाहाले पुुरानो रिसिवीको बदला स्वरुप प्रहरीचौकी उपर आक्रमणको प्रयास तथा सार्वजनिकरुपमा गाली बेईजती गरेको असई बोहराको भनाई छ ।
असई बोहराका अनुसार वडा अध्यक्ष बिजय कुश्वाहाले लकडाउनको अवधिमा आफनो घर निर्माण गराईरहेका थिए । जिल्लाको निर्देशन अनुसार केहीदिन अघि उक्त निर्माणकार्य रोका गराएकाले यस्तो बदला लिएको हो ।
आक्रमणको प्रयास लगतै बंकुल आसपासका झण्डै आधादर्जन प्रहरी कार्यालयका साथै बिभिन्न सशस्त्र बेस क्याम्पहरु बाट थप प्रहरी परिचालन गरीएको थियो ।
बंकुल प्रहरी चौकीमा थपप्रहरी परिचालन पछी अवस्था सामान्य भएको र घटनाबारे आवशयक अनुसंधान भईरहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिएका छन ।