चन्द्रपुर २८ चैत्र ।
लकडाउनको मौका छिपी रौतहटको बिभिन्न क्षेत्रको राष्ट्रिय वनका काचो सालको काठको चोरी तस्करी बढेको स्थानीयले बताए । जिल्लाको चोचा, चेतनगर र बृन्दावन सव डिभिजन वन कार्यालय मातहतको वनबाट वन कर्मचारीकै मिलेमतोमा काचा सालका काठ दिउँसै चोरी तस्करी भएको स्थानीयले जानकारी दिएका छन् । जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालय मातहतको वनबाट कर्मचारीकै मिलोमतोमा तस्करले करिब २५— ३० जनाको समूह बनाएर तस्करी गर्ने गरेको स्थानियले बताएका छन् । यता चेतनर वन कार्यालयको मातहतबाट समेत वन कर्मचारीकै मिलोमतोमा तस्करले समूह बनाएर तस्करी गर्ने गरेको स्थानिय वासिन्दाले बताएका छन् । लकडाउनका बेला वन कर्मचारीहरु वनको रक्षा गर्नुको साटो उनिहरुले रकम र तस्करी तर्फ लागी परेका छन् । तस्कर सँग वन कर्मचारी मिलेर यतिबेला ब्रह्मलुट मचाएका छन् । बृन्दावन सव डिभिजन वन कार्यालयका वन कर्मचारीकै मिलेमतोमा बलेरीका काठ तस्करको समुह दिउँसै जंगलमा गएर काचा सालका रुख काटेर गाउँमा ल्याएर बिक्रि बितरण गर्ने गरेको स्थानीय बासिन्दा पुनित रामले बताए । जिल्लाका बिभिन्न स्थानमा लकडाउनका बेला भएको ब्यापक वन फडानीको बिषयमा डिभिजन वन कार्यालय रौतहट बेखर रहेको छ ।

# तस्वीर गुगलबाट