गरुडम ३० चैत्र । रास्ट्रिय जनता पार्टी (राजपा) नेपालका रौतहट जिल्ला अध्यक्ष राम प्रवेस दासले राहतको नाममा जनप्रतिनिधिहरु राजनिति गर्न खोजेको आरोप लगाएका छन । महाविपदको यसघडिमा प्रदेश २ को सरकारले गरिव, असाहाय, तथा अति विपन्न परिवारको लागि उपलब्ध गराएको राहत वितरणको नाममा जनप्रतिनिधिहरु कार्यकार्ता पाल्ने काममा लागेको राजपा अध्यक्ष दासले बताएका छन । नेता दास आज एक प्रेस विज्ञप्ती निकाल्दै गरिव मजदुरका लागि उपलब्ध गराईएको राहत रौतहटका केहि स्थानीय सरकारका मेयर, उपमेयर र वडा अध्यक्षहरु गरिवलाई कम र बढी आ आफनै आसेपासे र कार्यकर्ताहरुलाई बाडिरहेको बताएका छन । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन तथा यसको रोकथामका लागि सरकारले देशव्यापी लकडाउन घोष्णा गरेका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव मजदुरहरुको दैनिकि कष्टकर बनेपछि त्यस्ता परिवारलाई खाना नपाएर भोकै मर्ननपरोस भनी केहि दिन अघि प्रदेश सरकारले स्थानीय तहको मार्फत वितरण हुने गरी राहत प्याकेज घोष्णा गरेको थियो । राहत बाडनको लागि वास्तविक गरिव परिवार पहिचान गर्न प्रदेश सरकारले राजपा, समाजवादी, नेकपा र कांग्रेसबाट कम्तीमा एक एक जना प्रतिनिधि, प्रहरी प्रशासनका प्रतिनिधि लगाएतलाई समेटर एउटा समिति बनाउनुपर्ने कार्यविधि बनाएको छ । उक्त कार्यविधि अनुसार गठन हुने समिति गरिवपरिवार पहिचान गर्ने र उनिहरुकै रोहवरमा राहत वितरण गर्न गराउन स्थानीयतहहरुलाई निर्देशन समेत दिसकेको छ तर प्रदेश सरकारको कार्यविधि एवं निति नियमलाई लत्याउँदै रौतहटका स्थानीय तहका जनप्रतिनिधिहरु समिति बनाउनु त परको कुरा कुनै राजनैतिक दललाई वा प्रहरी प्रशासनलाई समेत जानकारी नै नदिई आफना मनोमानी ढंगले एकलौटि रुपमा लिस्ट तयार पारेर राहत वितरण गरिरहेको प्रति आफना पार्टिको गम्भिर ध्यानाकर्षण भएको राजपाका रौतहट अध्यक्ष दासले विज्ञप्तीमा उल्लेख गरेका छन । स्थानीय तहका प्रतिनिधिहरु अन्य राजनितिक दललाई वाइपास गरी तथा राहत पाउनुपर्ने परिवारलाई पहिचान नै नगरी आ आफना कार्यकर्ताहरुलाई मात्रै राहत वितरण गरिरहेकोले यस कार्यलाई आफना पार्टिले घोर विरोध गरेको विज्ञप्तीमा उल्लेख छ । विपदको यो समयमा गरिवको राहतमाथी खेलवाड गर्नु र राजनिति गर्नु दुखद भएको उल्लेख छ । राजपाले महासंकटको यसघडिमा राहतमा राजनिति नगर्न आग्रह गर्दै लकडाउनको मारमा परेका वास्तविक गरिव,असाहाय एवं अति विपन्न परिवारलाई मात्रै पहिचान गरी राहत बाँडन जोडदार माग गरेको अध्यक्ष दासद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।