ओम प्रकाश यादव / रुपेन्द्र पटेल
बैशाख ८, रौतहट ।
रास्ट्रिय जनता पार्टि राजपा नेपालका प्रभावशाली नेता एवं गरुडा निवासी समाजसेवी कन्थमनी प्रसाद जयसवालले विगत केहिदिनदेखी गरि सांसदका प्रत्याक्षी कन्थमनी जयसवालद्धारा आज पनि ३८ घर परिवारलाई राहत वितरण परिवारको घरघरमा पुगेर राहत बाडिरहेका छन । लकडाउनका कारण खाना नपाएर समस्यामा परेका दलित, असाहाय, विधवा तथा अति विपन्न परिवारहरुलाई समाजसेवी जयसवाल घरघरमै पुगेर राहत वितरण गरिरहेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिव परिवारहरुलाई नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत बाडिरहेका हुन । रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आफना व्यक्तिगत लगानीमा आज गरुडा नगरपालिका ८ को जिंगडिया र विर्ता टोलका ३८ गरिव घर परिवारलाई राहत वितरण गरेका छन । नेता जयसवाल प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले यस विपदमा गरिव, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन । महाविपदको यसघडिमा अरु माननिय सांसद हराएपनि नेता जयसवालले गरिव जनताको चुल्हो बाल्नको लागि खाद्यान्न उपलब्ध गराईरहेकोमा उहाँको यो कदम निकै सराहनीय रहेका भन्दै सर्वत्र प्रशंसा भइरहेको छ ।