चन्द्रपुर,७ असोज । रौतहटमा म्याक मोबिलको डिलर सञ्चालनमा आएको छ । बुधबार एक कायक्रम बीच चन्द्रनिगाहपुरमा रहेको अर्जुन मोटसाईल वर्कसपमा म्याक मोबिल डिलर उद्धघाटन गरिएको हो । डिलर उद्धघाटन गर्दै म्याक मोबिल कन्टी म्यानेजर मुकुन्द धमलाले पछिल्लो समय सवारी साधन प्रयोग बढेसंगै बजारमा गुणस्तरहिन मोबिलको समेत बजारी करण बढेकोले सोलाई मध्य नजर गर्दै हामी रौतहटको बजारमा पनी गुणस्तर म्याक मोबिलको डिलर ल्याएको बताए । उनले म्याक मोबिलले सवारी साधनको इन्जिनलाई खराब समेत नबनाउने दावी गरे । म्याक मोबिलको प्रयोग हिरो, हुन्डा र टिभिएस कम्पनीले करिब ८ वर्षदेखि प्रयोग गर्दै आएको धमलाको भनाई रहेको छ । तर, सर्वसाधारणले आफ्नो सवारी साधन बढी गाएरेजमा सर्बिसिङ्ग गराउने गरेकाले अब म्याक मोबिलले सर्वसाधारणलाई सहज बनाउनका लागी विभिन्न गाएरेज सञ्चालकहरु संस सहाकर्य गरेर म्याक मोबिल उपल्वध गराउने बताएका छन् । अर्जुन मोटसाईल वर्कसपमा म्याक मोबिल डिलर उद्धघाटन कार्यक्रममा चन्द्रनिगाहपुरका विभिन्न मोटरसाईकल वर्कसपका सञ्चलकहरुको उपस्थिति रहेको थियो ।








