जनकपुर, ५ मंसिर । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालय सहित सहभागी भएको छ । आज बिहान एकीकृत समाजवादीका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । उद्योग वन पर्टन वातावरण मन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता सत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालय मन्त्रीमा प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका हुन् । दुबै नवनियुक्त मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरुको सहभागीता रहेको थियो ।