चन्द्रपुर,१८ मंसिर । रौतहटको चन्द्रपुर बजारमा नेपाली नक्कली नोट देखा परेको छ । स्थानीय व्यापारीकोमा सयको समान किनेर हजारको नोट देखाउनेको संख्या बढ्दै जान थालेको छ । नक्कली हजारको नेपाली नोट चन्द्रनिगाहपुर बजारमा देखिन थालेको स्थानीय व्यापारीले तराई एक्सप्रेसलाई बताएका छन् ।
चन्द्रपुर बजारमा हजारका नेपाली नोट देखा परेको र स्थानीय प्रहरीले यस बिषयमा गम्भिर भएर लाग्नु पर्ने स्थानीय व्यापारी राजु तिवारीले तराई एक्सप्रेसलाई बताए । सरसरती हेर्दा सक्कली जस्तै लागेपनि हिहालेर हेर्दा नेपाली हजारको नोट नक्कली भएको प्रष्टै देखिने गरेको स्थानीय व्यापारीको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको ठेलामा तरकारी बेच्ने एक व्यापारीलाई एक हजारको नक्कली नोट थमाएर सयको समान किनेर हजार दिएर गएको केही दिन बित्न नपाउदै चन्द्रनिगाहपुरकै एक डेरीमा अर्को नक्कली हजारको नोट फेला परेको छ ।
एकजनाले एक लिटर दुध किनेर एक हजारको नोट दिएर गएको र पछि निहालेर हेर्दा सो हजारको नोट नक्कली भएको व्यापारी शिव फयलले तराई एक्सप्रेसलाई बताए ।
चन्द्रनिगाहपुरमै नक्कली नोट छाप्ने काम भएको हुन सक्ने स्थानीय व्यापारीको अनुमान रहेको छ । यस्तो बिषयमा प्रहरी चनाखो हुनुपर्ने उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुरका पुर्व अध्यक्ष खड्ग बहादुर बम्जनको भनाइ रहेको छ ।
समान्य मान्छेले छुट्याउन नसक्ने हजारको नक्कली नोटमा सक्कलीको जस्तो सबै कुरा उस्तै छैन् । केही बर्ष पहिला चन्द्रनिगाहपुर बजारबाट हजारको नक्कली नोट छाप्ने मेशिन सहित एकजनालाई प्रहरीले फत्राउ गरेको थियो । २०७८ मंसिर १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








