सर्लाही,२२ मंसिर । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ । सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले रातोपाटीलाई बताए । देउवा निकट रायले भने, ुसर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप गरेको छ ।








