ईशनाथ,१५ पुस । इशनाथ नगरपालिका वडा नम्बर १ मा रहेको एक आधारभुत विद्यालयको भवन बनाउन इशनाथ नगरपालिकाले केसरी कन्ट्रक्सनलाई ठेक्का दियो । गाएको आर्थिक बर्षमा सो कन्ट्रक्सले ४२ लाखमा ठेक्का पाए पनि भवन बनाएन् ।
नगरपालिकाले फेरी यस बर्षको बजेटमा ३८ लाखमा भवन बनाउन सोही कन्ट्रक्सनलाई ठेक्का दियो । तर सो कन्ट्रक्सनले काम नगरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । समयमा विद्यालय भवन नबनाएका कारण विद्यार्थीहरुलाइ समस्या भएको सो वडाका वडा अध्यक्ष बिगु साहले बताए ।
नगरपालिकाले केही दिन पहिला भवन बनाउने भन्दै सो स्थानमा खाल्डो खनेपछि स्थानीय झ त्रसित बनेकाछन् । उनीहरुले नगरपालिका र केसरी कन्ट्रक्सनको मिलेमतोमा अबैध रुपमा कमिशनमा काम भएको आचरोप समेत लगाउदै आएकाछन् ।
स्थानीयले तत्काल विद्यालय भवनको काम नभए आफुहरु अख्तियार दुरुपयोग अनुसन्धान आयेग सम्म जाने बताएकाछन् । केसरी कन्ट्रक्सनले सो नगरपालिकामा कमिशनमा काम गर्दे आएको स्थानीयको भनाइ रहेको छ ।








