अशोक पहाडी ,ईशनाथ,१६ पुस ।
भारतले दसगजामा नियम मिचेर बनाएको बांधका कारण रौतहटको एक गाउका बासिन्दालाई आवत जावतमा समस्या भएको छ । जिल्लाको ईशनाथ नगरपालिका वडानं १ को बन्जराह गाउका बासिन्दालाई भारतले बनाएको ड्याले समस्या भएको हो ।
दसगजा क्षेत्रमा नियम मिचेर ड्याम बनाएपछि बन्जराह गाउमा आपत कालिन अवस्थामा एम्बुलेन्स समेत जान अवस्था छैन् ।
भारतले बनाएको बांधका कारण बर्षाका बेला पानीको निकास नभएर गांउनै डुवानमा पर्ने गरेको छ ,भने अन्य समयमा गांउमा चारचक्के गाडी समेत आउने अवस्था नरहेको सो वडाका वडा अध्यक्ष बिगु साहको भनाइ रहेको छ ।
भारतीय पक्षले बन्जरा क्षेत्रमा सदगानै मिचेर ड्याम अर्थात बांध बनाएपछि स्थानीयलाई गांउमा गाडीनै लान समस्या भएको वडा अध्यक्ष साहको भनाइ रहेको छ ।
सदगजा मिचेर भारतले बांध बनाएपछि ड्यामबाट गाडी तल झार्न समस्या भएको हो ।
गांउमा बिवाह भयो भने जन्तीको गाडी ड्याममा राखेर जन्ती हिडेर गांउमा आउनुपर्ने समस्या रहेको स्थानीय बासिन्दा ओम प्रकाश सिंहले बताए ।
भारतले दस गाजामा ड्याम बनाउन थालेपछि स्थानीयले तत्कालिन
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई जानकारी गराएका थिए । भारतीय पक्षले पटक–पटक बांध निमार्ण कार्य रोक्ने सहमति गरेपनि बन्जराह गाउनै डुब्नेगरी ड्याम बनाएको थियो । सो स्थानमा दसगजानै मिचेर ड्याम बनाउदा समेत सरकारी पक्षबाट रोक्ने तर्फ पहल नहुदा समस्या भएको हो ।
स्थानीयका अनुसार धेरै पहिला खेतको आलीमात्र रहेको सो स्थानमा भारतले करिब दशवर्ष अगाडिदेखि बांधबनाउन सुरु गरेको हो । सुरुवातमा सो बांध होचो भए पनि भारतले वर्षेनी बढाउदै लाने गरेको ले बन्जराह गाउ हरेक बर्ष डुवानमा पर्ने गरेको स्थानीय आलोक कुमार सोनीले बताए । भारतले बनाएको ड्यामका कारण पानीको निकास नहुंदा बन्जराह गांउमा धान खेतीनै हुन छाडेको स्थानीयको भनाइ रहेको छ ।
लकडाउनको बेला भारतीय पक्षले बांधमा साविकको भन्दा पांच फिट बढी अग्लो बनाएपछि बन्जराह गाउमा दस गजाबाट गाडी छिर्न बन्द भएको हो । भारतीय पक्षले लकडाउनको मौका छोपेर बाधको उचाइ बढाएको थियो । भारतीय पक्षले बनाएको बाधको कारण वर्षाको पानीले निकास नपाउदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ । यो बांधकै कारण ईशनाथ नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्ण रुपमा डुबान पर्ने गरेको छ ।










