रौतहट ,१६ पुस । शुक्रबारदेखि रौतहटमा शितलहरी सुरु भएको छ । जाडो अत्याधिक बढेपछि जिल्लाको जनजिवन प्रभावित भएको छ । जिल्लाका विपन्न बस्तीमा सर्वसाधारण पराल बिछ्याएर सुत्न बाध्य भएका छन । जाडो बढेपछि सर्वसाधारण जाडो बाट बच्नका लागि घुर तापेर बस्न बाध्य भएमा छन ।
जिल्लाका दलित तथा बिपन्न बस्तीमा राम्रो र न्यानो कपडा नभएका कारण पराल बिछ्याएर सुत्न बाध्य भएका छन ।