गरुडा,१७ पुस । दुईदिन अघि परेको बेमौसमी बर्षाको कारण रौतहट स्थित करोडौं बराबरको कांचो ईट्टा गलेर नष्ट हुनुका साथै मुसुरो बालिमा क्षति पुर्याएको छ ।
मंगलबार रातिदेखि बुधबार सम्म परेको बेमौसमी बर्षाको पानीले रौतहट स्थित एकसय बढी ईंटा उधोगमा पोल्नको लागि राखिएको करोडौं मुल्य बराबरको तयारी कांचो ईंटा गलेर नष्ट भएको हो ।
त्यसैगरी दुईदिनको लगातारको बर्षाले किसानले लगाएको मुसुरो बालिमा क्षति पुगेको छ । ईंटा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहका अनुसार हाल एकसय ६२ वटा ईंटा उधोग संचालनमा रहेकोे छ ।
बेमौसमी बर्षाले प्रायः सबै उधोगमा क्षति गरेकाले कम्तीमा ५ करोड भन्दा बढी मुल्यको ईंटा गलेर नष्ट भएको अध्यक्ष साहले जानकारी दिएका छन ।
बेमौसमी बर्षाले उधोगिहरु बर्षेणी समस्यामा पर्दा पटकपटक सहयोगको लागि गुहारदा पनि हालसम्म ईंटा उधोगिको पिडा कुनै सरकारले नसुनेको ईंटा उत्पादक संघका अध्यक्ष साहले गुनासो गरेका छन
त्यस्तै मुख्य बालिकोरुपमा रौतहट लगायत प्रदेश २ मै किसानले लगाएको दलहन बाली मुसुरोमा पनि बेमौसमि बर्षाले क्षति पुर्याएको किसानहरुले गुनासो गरेका छन ।








