चन्द्रपुर,२१ माघ ।
अखिल नेपाल यातायात मजदुर संघ चन्द्रपुर नगर ईकाइको कार्य समिति परिवर्तन भएको छ । बिहिबार भएको मजदुरहरुको भेलाले नया कार्य समिति चयन गरेको हो ।
संघको अध्यक्षमा कमल श्रेष्ठ ,उपाध्यक्षमा टंक प्रसाद गौतम ,सचिवमा बुद्धिमान थोकर ,कोषाध्यक्षमा धरिक्षण महरा ,सह सचिवमा टिका प्रसाद गौतम रहेकाछन् । संघको सदस्यमा जनकधारी पटेल ,गणेश विक ,भिम बहादुर भुजेल ,अमर बहादुर मिजार ,प्रदिप सुवेदी ,रोहित प्रसाद आचार्य रहेकाछन् । संघको बरिष्ठ सल्लाहकारमा केदार प्रसाद तिमलसिनालाई चयन गरिएको छ ।
सो संघले जिल्लाका यातायात मजदुरका बिभिन्न समस्या समाधानका कार्य गर्दे आएको संघका जिल्ला अध्यक्ष बिनोद दुलालले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
संघले जिल्लामा पछिल्लो समय बिभिन्न समाजिक गतिबिधि समेत गर्दे आएको छ । संघले खास गरेर यातायात मजदुरको हक हितमा काम गर्दे आएकोमा अव अझ सशक्त रुपले अगाडी बढने हिसावले नगर ईकाई कमिटि गठन गरेको जिल्ला अध्यक्ष दुलालको भनाइ रहेको छ । २०७८ माघ २१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








