चन्द्रपुर,२८ माघ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित श्री सन्तानेश्वर र बिन्दवासीनी देवी मन्दिर परिसरमा चन्द्रनिगाहपुरका एक समाजसेवीले निमार्ण गरेको शिवको मुर्तीको उद्धघाट्न गरेका छन् ।
विहिबार बिशेष पुजाको आयोजना गरी चन्द्रनिगाहपुरका शम्भु भट्टाईले आफ्नो व्यतिmगत लगानीमा निमार्ण गराएका शिवको मुर्तीको उद्धघाटन गरेका हुन् ।
सो धार्मिक स्थानमा आफ्नो व्यतिmगत करिव १२ लाख रुपैंया लगानि लगाएर शिवको मुर्ती,हवन कोठा,र ट्रस्ट निमार्ण गराएको बताएका हुन । धार्मिक कार्यको लागि आफुले सक्नेजति आर्थिक लगानि गर्न तयार रहने भट्टाईको भनाई रहेको छ । कार्यक्रममा रौतहट जिल्ला क्षेत्र नम्बर ४ का माननिय सांसद देव प्रसाद तिमल्सिनाले स्थानिय,प्रदेश र केन्द्रीय सरकारले यस धार्मिक स्थलको लागि बजेट नछुट्याएपनि भट्टाईले गराएको निमार्ण कार्य उदाहरणीय तथा प्रशंसा योग्य रहेको बताएका छन् । धार्मिक स्थलको लागि केहि रकम संसदीय बिकास कोषबाट छुट्याएर पर्खाल लगाउने कार्य गराउने सांसद तिमल्सिनाले जानकारी दिएका छन् ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य धनलाल ठोकर,नेपाली काग्रेंस रौहतटका क्षेत्रिय सचिव विनोद गुप्ता,रौहतटका युवा व्यवसायी राजन बोगटी,राजु तिवारी,नेपाली काग्रेंस रौतहटका जिल्ला कार्यसमिति सदस्य सुमन गौतम,तरुण दल रौतहटका उप–सभापति सोभित सिलवाल,पत्रकारहरु अशोक पहाडी,सुब्बा कार्की,बाल बिक्रम कार्की (अनमोल) लगायत भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो








