चन्द्रपुर,१ फागुन ।
नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले नेकपा एमालेलाई मजवुत बनाउनका लागि सबै लागि पर्नुपर्ने बताएकाछन् ।
चन्द्रपुरमा आयोजित पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दे रेग्मीले सो कुरा बताएका हुन् । सोही कार्यक्रमा नेकपा माओवादी ,राप्रपा नेपाल ,नेपाली कांग्रेस पार्टी परित्याग गरेर सयौ एमालेमा प्रवेस गरेका छन् । चन्द्रपुर ५ राजपैडाका एक सयभन्दा बढी सनिबार एमालेमा प्रवेस गरेकाछन् । माओवादी पार्टी परित्याग गरेर बालकुमारी चौधरीको नेतृत्वमा उनीहरु नेकपा एमालेमा प्रवेस गरेका हुन । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले टिका लगाएर पार्टी प्रवेस गराएका थिए ।
सो पार्टी प्रवेस कार्यक्रममा नेकपा एमाले रौतहटका सचिव बाल बिक्रम कार्की ,चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य,उपाध्यक्ष राजु तिवारी लगाएतको उपस्थिती रहेको थियो । राजपैडा गाउ र नहर टोलका स्थानीयहरु एमालेमा प्रवेस गरेको नेकपा एमाले चन्द्रपुर ५ का अध्यक्ष नविन बरालले जानकारी दिए ।
नेकपा एमालेले चन्द्रपुर नगरका बिभिन्न स्थानमा भोलीका दिनमा समेत पार्टी प्रवेस कायक्रमको आयोजना गर्न लागेको नगर उपाध्यक्ष राजु तिवारीले बताए ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेसंगै रौतहट जिल्लाका एउटा दल त्यागेर अर्को दलमा जानेको लर्कोनै लाग्दै आएको छ ।








