चन्द्रपुर,१ फागुन ।
पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर ८ बेतौनामा निर्माणाधिन ३ नम्बर प्याकेजको काम बन्द भएको छ । कर्मचारी र स्थानीय सप्लायर्सलाई रकम भुक्तानी नगरेको भन्दै काम बन्द गराईएको हो ।
हिम्दुङ ठोकर जेभिले सकार गरेको ठेक्का त्रिनेत्र साकार कोटेश्वरले पेटि कन्ट्र्याक्टमा निर्माणको जिम्मा लिएको भएपनि २ बर्षदेखि भुक्तानी नगर्दा काम बन्द गराउनु परेको दिनेश गिरीले जानकारी दिए । रेल्वेमा काम गर्ने ३० कर्मचारीको करिब ६८ लाख ६१ हजार रुपैया र मिक्स ग्रेभल देखि अन्य सामाग्री सप्लाई गर्ने हरुको ९ करोड ५० लाख रुपैया भुक्तानी हुन नसकेको गिरीले जानकारी दिए । ठेकेदार कम्पनीले काम वापतको भुक्तानी निकाल्ने र अन्यत्र खर्च गर्ने गरेको आरोप स्थानीय सप्लायर्सहरुको छ । सधैं आज भोलि भन्दै ठेकेदारले झुक्याउने मात्र गरेको सप्लायर छबि पहरीले बताए । करोडौं रकम भुक्तानी नदिएपछी काम बन्द गराउनु बाहेक केहि बिकल्प छैन,जब सम्म भुक्तानी हुँदैन तबसम्म काम बन्द रहन्छ,उनले भने ।
समयमा भुक्तानी नहुदा कामदार देखि सप्लायर्सहरु सबै आक्रोशित बनेका छ्न । रेलका ठेकेदारलाई समान सप्लाइ दिएर पनी रकम नपाएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दर्ता गराएको स्थानीय युवा तथा सप्लार्स शम्भु थापाको भनाइ रहेको छ ।
आफुहरुले व्याजमा पैसा खोजेर रेलको काममा लगानी गरेको भएपनि ठेकेदारले पैसा दिन आनाकानी गरेपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थापाको भनाइ रहेको छ ।