गौर,१० फागुन ।
नेपाली का“ग्रेस रौतहटको १४ औ जिल्ला अधिवेसन यही १५ गते हुने भएको छ । नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि दुई जनाले आफ्नो प्यानल सहित उमेद्वारी घोषणा गरेकाछन् । रामचन्द्र प्यानलबाट हृदय नारयण यादवले प्यानल सहित उमेदवारी घोषणा गरेका छन् ।
त्यस्तै सेर बहादुर देउवा प्यानलबाट सुनिल यादवले आफ्नो प्यानल सहित उमेदवारी दिने तयारी गरेकाछन् । सुनिल यादव संबिधानसभा सदस्य हुन् । हृदय नारायण यादव नेपाली कांग्रेस रौतहटका पुराना नेता हुन् । दुबै प्यानलले आफ्नो उमेदवारी पक्का रहेको भन्दै मत समेत माग्न थालेकाछन् । नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिबेसन सर्बसम्मत नहुने पक्का भएको छ । अवश्यकता ,अनुभव र परिपक्वता भएको नेता हृदय नारायण यादव भएकाले उनैलाई आफुहरुले मतदान गर्ने नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको आर्शिवाद पाएको उमेदवारका रुपमा सुनिल यादवलाई व्याख्या गरिएको छ ।
दुबै खेमाका नेपाली कांग्रेस रौतहटका कार्यकर्ता आफ्नो उमेदवारको सामाजिक संजालमा प्रचार प्रसार तिब्र पर्नमा यतीबेला व्यस्त रहेकाछन् । सरकारले स्थानीय तहको निर्वाचनको तयारी समेत थालेका कारण नेपाली कांग्रेसको जिल्ला अधिबेसनले समेत त्यसको अर्थ राख्ने भएका कारण दुबै खेमा आफ्नो उमेदवार जितउने अभियानमा लागेकाछन् ।
नेपाली कांग्रेसका नेता अफताव आलम जेलमा रहेका कारण समेत एउटा खेमालाई समस्या परेको जानकारहरुको भनाइ रहेको छ । यस अधिका जिल्ला सभापति कृष्ण प्रसाद यादव नेपाली कांग्रेस मधेस प्रदेशको सभापतिमा निर्वाचित भईसकेकाछन् ।








