बिजयपुर,११ फागुन ।
रौतहटको बकैया खोला उत्खनन् गर्न ठेक्का पाएको ठेकेदार कम्पनीले मनलाग्दी उत्खनन गरेको स्थानीय बासिन्दाले बताएकाछन् । जिल्लाको गुजरा नगरपालिकाले खोला उत्खननका लागि ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्राली कृतीपुर ४ ले ठेक्का सकार गरेको थियो । सोही कम्पनीले फतुवा बिजयपुर नगरपालिकामा समेत सोही खोला उत्खनन गर्नका लागि ठेक्का सकार गरेको थियो । ठेक्का सकार गरेको लामो समय हुदा समेत सो कम्पनीले फुतुवा बिजयपुर नगरपालिका संग ठेक्का सम्झौता गरेको छैन् । फतुवा बिजयपुर नगरपालिकाले सो कम्पनीलाई पटक पटक सम्झौता गर्न तेकेता गर्दा समेत उस्ले सम्झौता नगरेको फतुवा बिजयपुर नगरपालिकाका एक कर्मचारीले बताए ।
ठेक्का सम्झौता नगर्नुको मुख्य कारण भने नगरपालिकाका जनप्रतिनिधि र केही कर्मचारीले मिलाएर ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्राली पैसा नतिरी फतुवा बिजयपुर क्षेत्रमा पर्ने बकैया खोलाबाट माल उठाउने गरेको स्थानीय बासिन्दाले बताए ।
गुजरा नगरपालिकाले निकालेको ठेक्का अनुसार आईइइ नगरेको स्थानबाट सो कम्पनीले खोला उत्खनन गरेका कारण गाउनै खतरामा परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गुजरा नगरपालिकाको गर्जा पुल भन्दा पाच सय मिटर माथि आईइइ भएको भएपनि ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्रालीका नाममा धन्सार खोला दोभान सम्म उत्खनन हुदै आएको एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।
फतुवा बिजयपुर नगरपालिकाका स्थानीय बासिन्दाले मनलाग्दी खोला ठेक्का सकार नगरी दोशहन गरेको भन्दै बिरोध प्रर्दशन गरेपछि रोकिएको उत्खनन फेरी सूररु भएको तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
खोला ठेक्का सकार नगरी ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्रालीका नाममा जहा मन लाग्यो त्यही खनाउने काममा संबिधान सभा सदस्य तथा अहिलेका नेपाली काग्रेसका जिल्ला सभापतिका उमेदवार जितेन्द्र यादवको मुख्य हात रहेको स्थानीय बासिन्दा राजन पटेलले जानकारी दिएकाछन् ।
नेपाली काग्रेसका नेता मात्र नभएर खोला ठेक्काको पैसा नतिरी मनलाग्दी गिटी बालुवा निकाल्ने काममा फतुवा बिजयपुर नगरपालिकाका सबै दलका नेताको संलग्नता रहेको गाउलेहरुको भनाइ रहेको छ ।
गुजरा नगरपालिका समेत आर्थिक प्रलोभनमा परेर आईइइ नगरेको स्थानबाट ओम गौरीशंकर एन्फा ईन्स्टक्चर प्रालीका नाममा स्थानीय नेतालाई खोला खन्न दिने काममा संलग्न रहेको स्थानीयको भनाइ रहेको छ ।
बैकैया खोला पारी फतुवा बिजयपुर नगरपालिकामा मात्र आधा दर्जको हाराहारीमा नेताहरुको क्रसर संचालनमा रहेको छ ।
देश बनाउने भन्दै राजनितीमा उत्रेका फतुवा बिजयपुर नगरपालिकाका राजनैतिकदलका नेताहरु यतीबेला मनलाग्दी खोला उत्खनन गरेर चुनाव खर्चको जोहोमा लाग्दा समेत नगरपालिकाको कार्यालय कानमा तेल हालेर बसेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । २०७८ फागुन ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








