चन्द्रनिगाहपुर,१९ फागुन । नेपाली काग्रेस रौतहटको १४ औं जिल्ला अधिवेसनका लागि आज उमेदवारी दर्ता हुदै छ । गौरमा हुने उमेदवारी दर्तामा हृदय नारायण यादव प्यानबाट अधिकांस युवाले उमेदवारी दर्ता गर्दै छन् । हृदय नरायण यादव प्यानलबाट चन्द्रपुर नगरपालिकाका बिनोद गुप्ता उप सभापति र सुमन गौतमले सचिव पदमा उमेदवारी दिदै छन् । चन्द्रपुर नगरपालिकाबाटै सुनिल यादव प्यानलबाट सचिव पदमा सुवास कोईरालाले उमेदवारी दर्ता गराउंदैछन् ।
हृदय नारायाण यादव प्यानलबाट उप सभापतिमा मोहमद महताव आलम ,सचिवमा रामचन्द्र गिरी ,सह सचिवमा धर्मेन्द्र साह र शेख मजिद अलीले उमेदवारी दिन लागेकाछन् । नेपाली कांग्रेसको बिधानमा दुई जना उप सभापति,दुईजना सचिव र २ जना उप सचिव रहने प्रावधान रहेको छ । हृदय नारायण यादव प्यानलमा अधिकांस युवा उमेदवारको वर्चस्व रहेका कारण जित सहज हुने नेपाली कांग्रेसका चन्द्रपुर नगरसभापति मुकेश गिरीले जानकारी दिएकाछन् । हृदय नारायण प्यानलले पहाडी समुदाय ,मुस्लिम समुदाय र अन्य समुदायको मत सहजै पाउने आंकलन गरिएको छ ।










