चन्द्रपुर, १९ फाल्गुन ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती नजरपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३१ औ बार्षिक उत्सव तथा ३२ औं स्थापना दिवसको अवसरमा बिहिवार चन्द्रपुर ९ स्थित कृष्ण मन्दिरको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले जानकारी दिएका छन । चन्द्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोबिन्द दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपमहासचिव अनिल कोईरालाको बिशिष्ट आतिथ्यता रहेको थियो । प्रदेशिक रक्तसंचार केन्द्र भरतपुरको प्राबिधिक सहयोग र श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति रौतहटको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।