गौर,२० फागुन ।
नेपाली कांग्रेस रौतहटको १४ औं जिल्ला अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। फागुन २१ गते आउँदो सनिवार हुने कांग्रेसको निर्वाचनका लागि बिहिवार जिल्ला सभापति लगायत प्रायः सबै पदमा दोहोरो उम्मेद्बारी दर्ता गरिएको छ । कांग्रेसको जिल्ला सभापति पदका लागि हृदय नारायण राय यादव र सुनिल कुमार यदव (जितेन्द्रले उम्मेदवारी दर्ता गराएका छन । सुनिल यादव संस्थापन पक्ष र हृदय नारायण राय यादव शेखर कोइराला समूहका हुन् । सुनिल यादव पक्षबाट उपसभापतिमा धिरेन्द्रद्रकुमार सिंह, राम लोचन साह कलवार,सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरीले उम्मेद्बारी दर्ता गराएका छन । त्यस्तै सहसचिवमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी, हृदय नारायण यादव प्यानल अर्थात कोईराला पक्षबाट उपसभापतिमा महताव आलम,बिनोद गुप्ता, सचिवमा सुमन गौतम र राम चन्द्र गिरीले उम्मेद्बारी दर्ता गराएका छन । त्यस्तै सहसचिवमा धर्मेन्द्र प्रसाद र शेख मजिद अलि ले उम्मेदवारी दर्ता गराएका छन् ।सभापति र पदाधिकारीसहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका छन । खुल्ला सचिवमा थप एकजना उपेन्द्र यादवले पनि उम्मेदवारि दिएका छन । कोइराला पक्षका सभापति पदका उमेदवार हृदय नारायण यादव यस अघि २ कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटको सचिव रहिसकेका छन । उनका प्रतिद्वन्दी सभापति पदका संस्थापन पक्षका उमेदवार सुनिल यादव (जितेन्द्र संविधानसभा सदस्य हुन ।
उनी यस अघिको संसदिय निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित भएका थिए । सनिवार हुने रौतहट कांग्रेसको जिल्ला अधिवेशनमा कुल २ हजार पा“चसय ९० जना मतदाता रहेका छन । गौर स्थित जुद्व माध्यमिक बिधालयको प्रांगणमा शनिबार बिहान ९ बजेदेखि ५ बजे सम्म निर्वाचन हुने कांग्रेस निर्वाचन समिति रौतहटले जनाएको छ । सभापतिका दावेदार हृदय नारायण यादवले आफू दुई पटक पार्टीको जिल्ला सचिव भएर इमानदारी साथ सेवा गरेको आफुमाथी कुनै आरोप समेत नलागेकाले सनिवार हुने निर्वाचनमा अधिकांश मतदाताले आफ्नै पक्षमा मतदान गर्नेमा बिश्वस्त रहेका छन ।
अर्का उमेदवार सुनिल यादव जितेन्द्रले आफू युवा रहेकाले जिल्लाका अधिकांश युवा मतदाता आफ्नो पक्षमा रहेकाले २१ गते हुने जिल्ला अधिवेशनमा आफू फराकिलो मतान्तरले सभापति पदमा विजयी हुनेमा बिश्वस्त रहेका छन ।
यस अघि लगातार दुई पटक कृष्ण यादव कांग्रेसको जिल्ला सभापति रहेको समय उनको निकटतम सहयोगिको रूपमा जितेन्द्र यादव रहेका थिए ।
गत स्थानीय निर्वाचन तथा प्रदेश निर्वाचनमा आफन्त लाई खोजिखोजी टिकट दिएको तथा अधिकांश स्थानीयतहमा टिकट बितरणमा आर्थिक चलखेल गरेको समेत उनिहरुमाथी आरोप लागेको थियो ।
जितेन्द्र यादव राजनीतिक भन्दा बढी गिट्टी बालुवा व्यवसाय तर्फमा केन्द्रित भएकोले विशुद्ध रुपमा राजनीतिककर्ता हृदय नारायण यादव लाई यसपटक जिताउने सोंच पार्टी भित्रका युवा कार्यकर्ताको बुझाई रहेको छ ।








