गौर,२ चैत ।
बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका रौतहटको गौरका एक जना पक्राउ परेकाछन् ।
उनलाई बैंकिङ कसुर मुद्धामा पक्राउ गरिएको हो । जिल्लाको गौर नगरपालिकाको वार्ड नं.१ भन्सारटोल घर भएका अरबिन्द जैसवाललाई काठमाडौको बुढानीकण्ठबाट पक्राउ गरिएको हो ।
जयसवाल पक्राउ परेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् । उनले प्रभु बैंक कपन शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको थाहा हुदाहुदै पीडितलाई चेक दिएर दुःख दिएको र पीडितलाई झुक्याएका थिए ।
पटक पटक बैकमा पैसा नहूदा र पिडितले बैकमा जादाजादा हैरान भएर जैसवाल बिरुद्ध उच्च अदालत पाटनमा उजुरी गरेका थिए । उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट गएको मङ्सिर १४ गते बैड्ढिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा नौ लाख जरिवाना र दुई दिन कैद हुने फैसला सुनाऐको थियो ।त्यसपछि फरार रहेका उनलाई ब्यूरोले कपनबाट आईतबार पक्राउ गरी फैसला कार्यान्वयन लागि काठमाडौ जिल्ला अदालतमा पेस गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक महतोले जानकारी दिएकाछन् ।