सर्लाही,१२ चैत । क्लवको घर बनाउने बिषयमा झडप हुदा संघिय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ ।
शनिवार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा क्लवको भवन निर्माण गर्न दिने र नदिने समुह विच झडाप भएको हो । झडपको क्रममा दुईपक्षका स्थानिय विच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१, का संघिय सांसद साह घाईते भएका हुन् । सांसद साहको वयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको हो । टाउँकोमा गहिरो चोट देखीएकाले थप उपचारको लागि अन्यत्र लैजाने तयारी भईरहेको अस्पताल श्रोतले जनाएको हो । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन यता स्थानीय युवाहरू विच विवाद बढ्दै गएको थियो । ५ दसक पहिले स्थापना भएको उक्त क्लवको भवन सडक बिस्तारका क्रममा केही भाग भत्किएको मौकामा भवन बनाउन नदिने प्रपन्च बनेको स्यानीय युवाहरूको आरोप छ । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटना स्थल पुगे लगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको हो । सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए । भने, क्लव घर सगैँका छिमेकी लगाएत अर्का पक्षले यहि अवसरमा क्लवको घर निर्माणमा अवरोध गर्दै आएका थिए ।








