अमृत सापकोटा ,
चन्द्रनिगाहपुर,१२ चैत । वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावले यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुने गरेका छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । व्यवसायीले सही नेतृत्व छान्न सके व्यापार गर्न सजिलो हुने तिर बहस गरेको देखिन्छ भने किसानलाई किसानमैत्री नेतृत्व आए सँच्चिकै किसानका समस्या बुझ्ने थिए भन्ने लागेको पाइन्छ । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसंग पहुँच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजी रहेको देखिन्छ ।यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसले युवा उमेदवार उठाउने गृहकार्य शुरू गरेको छ । चन्द्रपुर नगरमा कांग्रेसका युवा नेता सपुत बहादुर कार्कीको नाम कांग्रेसभित्र अहिले चर्चामा रहको छ । नेपाल रेडक्रस सोसाईटीमा रहेर लामो समय समाज सेवामा सक्रिय रहेकाच कार्की समाजिक संघ संस्थामा समेत सक्रिय रहंदै नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेकाछन् । कार्की कांग्रेसभित्र कुशल संगठकका रूपमा परिचित छन ।
विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।
नगरभित्रका सामाजिक क्षेत्रमा सक्रिय संघ–संस्थामा बसेर जनताका लोकप्रियता बटुलेका कार्की मेयरका बलिया दाबेदार हुन ।
चन्द्रपुरमा यस अघिको चुनावमा नेपाली कांग्रेसबाट रामचन्द्र चौधरी बिजयी भएका थिए । १० वटा वडा रहेको चन्द्रपुर नगरपालिकामा नेपालि कांग्रेसले ४ नेकपा एमालेले ४ र माओवादि केन्द्रले २ वडामा जित हासिल गरेको थियो ।
चन्द्रपुर नगर क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्व हत्याउने रणनीतिमा लागेको भए पनि अन्य राजनीतिका नेतृत्व भने पर्ख र हेरको अवस्थामा रहेको पाइन्छ ।राष्ट्रिय तथा अन्र्तराष्ट्रि संघ संस्थामा रहेर काम गरेका कार्कीले टियुबाट स्नातक गरेकाछन् । बिभिन्न सामाजिक काम गरे वापत नेपाल सरकारबाट २०७५ मा जन सेवाबाट सम्मानीत समेत भएका थिए ।








