चन्द्रपुर,११ चैत । वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा चन्द्रपुर नगरपालिकाको मेयरका लागि नेपाली काग्रेसका तर्फबाट युवा नेता जितेन्द्र चौधरीले आफु मेयरको आंकक्षी रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसबाट चन्द्रपुर नगरपालिकाको मेयरका आकक्षीको संख्या बढीरहेको बेला युवा नेता चौधरीले पनि उम्मेदवारीको घोषणा गरेकाछन् । यति बेला चन्द्रपुर नगर क्षेत्रमा पनि चुनावी सरगर्मी शुरू भएको छ । हाल नेताका घरदेखि टोलका चोक–चोकमा निकै चुनावी बहस हुने गरेका छ ।
यस क्रममा रौतहटको मुटुका रुपमा रहेको चन्द्रपुर नगरपालिकाको मेयर पदमा पार्टीले आफुलाई टिकट दिनेमा बिस्वस्त रहेको चौधरीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ९ डुमरिया घर भएका युवा नेता चौधरीले आफु २०४६ साल देखी पार्टीको काममा निरन्तर सक्रिय भएको हिसावले समेत पार्टीले त्यसको मुल्याङकन गरेर आफुलाई टिकट दिने दावी गरेकाछन् ।
विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु यसपटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको बताउदै चौधरीले अवका दिनमा पार्टीले युवालाई नेतृत्व दिनुपर्नेमा जोड दिएकाछन् । बौद्धिक वर्गमा केन्द्रीय नेतृत्वसंग पहुंच पुर्याउन सक्ने नगरप्रमुख भए धेरै बजेट उपलब्ध गराएर समग्र नगरको विकास गर्न सक्ने नेतृत्वको खोजीमा यहांका जनता रहेको देखिन्छ ।
यस्तै रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेसले युवा उमेदवार उठाउने गृहकार्य शुरू गर्नुपर्ने चौधरीको भनाइ रहेको छ । आफुलाइ पार्टीले टिकट दिएमा चन्द्रपुर नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने आफ्नो लक्ष रहेको चौधरीको भनाइ रहेको छ । सरकारी स्वास्थ्य सेवामा गरिव तथा बिपन्न परिवारको पहुंच नहरेका कारण आफुले त्यसका लागि पहल गर्ने चौधरीको भनाइ रहेको छ ।
आफुले मेयरको टिकट पाउने सम्भावना रहेको र आफु मेयर भएपछि चन्द्रपुर नगरका शिक्षकहरुको सम्मान गर्ने र यहाका युवा युवतीलाई रोजगारीका बैदेशिक रोजगारीमा जानु पर्ने बाध्यताबाट मुक्त बनाउने अभियानमा लाग्ने चौधरीको भनाइ रहेको छ । यहा“का किसानले समयमा मलखाद्य ,बिउ बिजन नपाउने समस्या समाधानका लागि आफु लागि पर्ने समेत मेयरका आकंक्षी चौधरीको भनाइ रहेको छ ।