सन्तपुर,२६ चैत ।
चन्द्रपुर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता शोभित शिलवालले आफ्नो दाबी प्रस्तुत गरेकाछन् । स्थानीय तहको निर्वाचनको मिति नजिकदै जांदा शिलवालको दौडधुप पनि बढदै जान थालेको छ । चन्द्रपुर ८ मा नेपाली कांग्रेस वडा समितिले २१ जना वडा अध्यक्षका आकांक्षीको नाम नगर समितिमा पठाएको छ । ती २१ जना मध्य सबैभन्दा कान्छा शिलवालले टिकट आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन् । प्रदेश र जिल्ला स्तरका नेतासंग राम्रो उठबस रहेका कारण चन्द्रपुर ८ को वडा अध्यक्षको टिकट शिलवाललेनै पाउने चिया चर्चा सुरु भएको छ ।
सानै देखी नेपाली काग्रेसको राजनितिमा सक्रिय रहेका शिलवालले पार्टीले आफुलाईनै टिकट दिनेमा विस्वस्त रहेको बताउदै आएकाछन् ।
नेपाली कांग्रेसबाट चन्द्रपुर ८ का वडा अध्यक्षका बलिया आकांक्षी रहेका शिलवालले पछिल्लो समय स्थानीय जनतासंगको भेटघाट र छलफललाई तिव्रता दिएका छन् । पार्टीले टिकट दिएमा आफुले चन्द्रपुर ८ मा जित्ने समभावना धेरै रहेको बताउने शिलवाल यतीबेला आफ्नो वडाका बिभिन्न कायृक्रममा व्यस्त रहेकाछन् ।








