रौतहटमा पांच दलिय गठबन्धनमा सकस पैदा भएको छ । पाचै दल बिच गठबन्धन नभएपनि दुई वा तीन दलसंग गठबन्धन गरेर आफुहरु चुनावी मैदानमा उत्रने नेकपा माओवादीका केन्द्रीय सदस्य तथा रौतहट ईन्चार्ज युवराज भट्टराईले जानकारी दिएकाछन् । अहिले को संग कुन पालिकामा गठबन्धन गर्ने भन्ने बिषयमा छलफल भईरहेको माओवादी नेता भट्टराईले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । यस भन्दा पहिला नेकपा एसले चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल र उप मेयरमा रामरती चौधरीको नाम शिफारिस गरेपछि एसका अध्यक्ष माधव कुमार नेपालको गृह जिल्ला रौतहटमा गठबन्धनको सम्भावना टरेको आशंका गरेकाछन् ।








