गरुडा,१० बैशाख ।
नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका एक जना सांसदले राजीनामा दिएका छन् ।रौतहटको क्षेत्र नम्बर ४ को ख बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका हुन् । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । उनले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।
उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । २०७९ बैशाख १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








