अशोक पहाडी
रौतहट,११ बैशाख । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको आइतबार पहिलो दिन रौतहटका निर्वाचन कार्यालयहरुमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको मेयरमा उन्नत लोकतान्त्रीक पार्टीका तर्फबाट किरण घिमिरे,स्वतन्त्रबाट टिकाजंग देवकोटा र नेकपा समाजवादीका तर्फबाट प्रेमनाथ तिमलसिनाले उम्मेदवारी दर्ता गराएका छन् । चन्द्रपुर नगरपालिकामा तीन जना मेयर सहित ५ जना वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका छन् । चन्द्रपुर वडानं ४ को वडा अध्यक्षमा रिक्सा चालक समाजसेवीका रुपमा पहिचान बनाएका केदार तिमलसिनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।








