बृन्दावन,१२ बैशाख ।
रौतहटको बृन्दावन नगरपालिकाको मेयरका लागि दिएको टिकट खोसिएको छ । सो नगरपालिकामा नेपाली कांग्रेसबाट हालका मेयर रामस्नेही यादव र प्रेमशंकर यादव मेयरका आकांक्षी थिए । सनिबार अबेर राती सम्म नेपाली काग्रेस मधेस प्रदेश समितिको बैठकले पे्रमशंकर यादवलाई मेयरको टिकट दिएर पठाएको थियो । सनिबार राती टिकट बोकर घर पुगेका प्रेमशंकर यादवको टिकट खोसेर रामस्नेही यादवलाई दिइएको छ । रामस्नेही यादव रौतहट क्षेत्रनं ४ का कांग्रेसका क्षेत्रिय सभापतिका साथै हाल बृन्दावन नगरपालिकाको मेयर हुन ।
नेपाली का“ग्रेस मधेस प्रदेश समितिका सभापति कृष्ण प्रसाद यादवले माटो रकम लिएर टिकट बांडेको भन्दै अलोचना भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोन गरेर प्रेमशंकर यादवको टिकट क्यान्सिल गरेर रामस्नेहीलाई टिकट दिन भनेपछि काग्रेस मधेस प्रदेश समितिले आइतबार दिउसो मेयरको टिकट रामस्नेहीलाई दिएको थियो ।
नेपाली कांग्रेसले दिएको टिकट फिर्ता गरेपछि आफु अव एमालेबाट चुनाव लडने तयारीमा लागेको प्रेमशंकर यादवले बताए । प्रेमशंकर भन्दा पहिला आफुले टिकट नपाएको झोकमा रामस्नेही यादवले समेत आफुले पार्टी छाडेर अर्को दलबाट चुनाव लडने धम्की दिएपछि कांग्रेसजनमा खैलाबैला मच्यिको थियो । यस्तै रौतहटकै रौतहटको ईशनाथ नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा अञ्जु झाले मनोनयन दर्ता गरेकी थिईन् । उनको टिकटमा पार्टी सभापति शेर बहादुर देउवाको हस्ताक्षर नमिले पछि उनको मनोनयन समेत तत्कालका लागि स्थगित भएको छ । २०७९ बैशाख १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








