चन्द्रपुर,१६ बैशाख । नेपाली काग्रेसबाट चन्द्रपुर ९ को वडा अध्यक्षको उम्मेदवार बनेका नवराज देवकोटा यतीबेला घर दैलो गर्न व्यस्त रहेकाछन् ।
स्थानीय तहको चुनाव नजिकिए संगै यति बेला चुनावी सरगर्मी बढदै गईरहेको छ । निर्वाचन नजिकिए संगै चन्द्रपुर नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदमा चर्चित युवा नेता नवराज देवकोटाले उम्मेदवारी दिएका हुन ।
नेता देवकोटाले चन्द्रपुर वडा नंबर ९ बाट वडा अध्यक्षको रूपमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेका हुन । उनी नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन ।
नेपाल विद्यार्थी संघको सक्रिय विद्यार्थी राजनीतिबाट कांग्रेस पार्टीको राजनीतिमा होमिएका देवकोटा हालै सम्पन्न १४ औं महाधिवेशनको संघीय प्रतिनिधि हुंदै महासमिति सदस्य समेत हुन । नेता देवकोटाको राजनीतिक यात्रा २०५२ सालमा शंकरदेव क्याम्पसमा स्ववियु सदस्य भई २०५५ मा नेविसंघ इकाई उपसभापति समेत बनेका उनी रौतहट – काठमाडौं सम्पर्क समितिको पूर्व अध्यक्ष समेत हुन । रौतहट जिल्लामा आठ वर्ष सम्म नेविसंघ रौतहटको उपाध्यक्ष भएका देवकोटा सालिन नेताका रुपमा परिचित रहेकाछन् ।
नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा वडा सभापतिमा निर्वाचित भएका उनि नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत हुन ।
विभिन्न संघ संस्था संग आबद्ध रहेर सामाजिक कार्य गर्दै आएका उनी वडा नंबर ९ मा वडा अध्यक्षको उम्मेदवार बनेका हुन ।
विद्यार्थी नेताबाट राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन । उनले आफुले चुनाव जिते चन्द्रपुर वडानं ९ को समग्र विकासले गतीलिने भएका कारण आफ्नो पक्षमा मतदान गर्नका लागि उनी यतीबेला घरदैलोमा व्यस्त रहेकाछन् ।