गरुडा,२२ बैशाख ÷रौतहटको गरुडा नगरपालिकाको लागी नेकपा एमालेबाट नगर प्रमुखमा उमेदवारी दिएका कन्थमणि जयसवालले गरुडाबासीलाइ निशुल्क स्वास्थ्य उपचार बिमा दिने बताउनुभएको छ ।
आउदै गरेको बैशाख ३० गतेको निर्वाचनमा आफुले जितेपछि गरुडा नगरपालिकाका बिपन्न तथा गरिब परिवारको उपचारको लागी निशुल्क स्वास्थ्य बिमाको गरिने जयसवालको घोषणा पत्रमा उल्लेख छ ।
उपचार नपाउदा धरै बिपन्न परिवारले अकालमै ज्यान गुमाउनु परिरहेको अबस्थामा स्वास्थ्य बिमा गरिदिदा उपचारमा धेरै सहज हुने उहाको धारणा थियो ।
स्वास्थ्य बिमा आम नागरिकलाइ अनिवार्य छ तर आफुले पहिलो चरणमा गरिब तथा बिपन्न परिवारको लागी मात्रै स्वास्थ्य बिमा गर्ने लक्ष्य राखेको जयसवालले जानकारी दिनुभएको छ । स्वास्थ्य बिमा गर्दा बिभिन्न प्रकारका ठुला ठुला रोगहरुको निशुल्क उपचार हुने गर्दछ । यसैगरी गरुडा नगर क्षेत्रमा सुत्केरीहुनेहरुलाइ पनि भत्ताको ब्यबस्था गरेको जयसवालले बताउनु भयो ।
हरेक सुत्केरी महिलालाइ ५ हजारको दरले सुत्केरी भत्ता दिने निति लिएको उहाले जानकारी दिनुभएको छ । छाडा बस्तु नियन्त्रण गर्नको लागी गौसला निमार्ण गर्ने समेत उहाको प्रतिबद्धता पत्रका उल्लेख गरिएको छ ।








