चन्द्रपुर,२४ बैशाख । चन्द्रपुर ४ का वडा अध्यक्षका उम्मेदवार नेपाल कार्कीले वडानं ४ को समग्र विकाससंगै आफुले जिते यो वडालाई खेलकुदमय वडा बनाउने बताएका छन् । तराई एक्सप्रेससं कुरा गर्दै कार्कीले आफु पनि खेलकुद क्षेत्रकै मान्छे भएका कारण यो वडाका किशोर किशोरीका लागि सुभिदा सम्मपन्न खेलकुद तथा व्यामशालामा जोड दिने बताएका छन् ।
चन्द्रपुर ४ नगरपालिकाकै मुटु भएका कारण समेत यसको विकासका लागि मतदाताले आफुलाई मतदान गर्नेमा आफु बिस्वस्त रहेको बताउदै उनले वडाको समग्र विकामा आफुले योगदान गर्ने बताएकाछन् ।
घरदैलो कार्यत्रलममा आफुले वडाका धेरै समस्या सर्बसाधारणबाट सुनेको बताउदै कार्कीले आफुले वडामा चुनाव जितेपछि ति समस्या समाधान गर्ने बताए । अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष समेत रहेका कार्कीले आफ्नो जितले खेलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै आएका छन् । लामो समयदेखी नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका कार्की यस भन्दा पहिलाको स्थानीय तहको निर्वाचनमा ४ नम्बर वडामै झिनो मतले वडा अध्यक्षमा पराजित भएका थिए ।